नेपालको संबिधान अनुसार पूर्वांचल विकासक्षेत्र अन्तर्गत कोशी अन्चलको संखुवासभा जिल्लाका सुदुर उत्तरका साविक सिसुवाखोला, बाला, मांग्तेवा,ताम्कु र याफु गा. वि.स. हरुको संयोजन भई प्रदेश नं. १ अन्तर्गतका स्थानीय तहहरु मध्ये एक हो सिलिचोंग गाउँपालिका | भौगोलिक रुपमा विकट भएतापनि सामाजिक, साँस्कृतिक र रहनसहनले भरिपूर्ण यस गाउंपालिका वातावारनीय दृष्टिकोणले बसोबासको लागि उत्कृष्ट रहेको छ | यस छेत्रमा पर्ने रमणीय सिलिचोंग हिमालको नामबाट यस गाउंपालिकाको नाम सिलिचोंग रहन गएको हो|
१.१.१. सिलिचोंग गाउंपालिकाको राजनीतिक विभाजन
प्रदेश : कोशी
जिल्ला : संखुवासभा
गाउंकार्यपालिकाको कार्यलय : ताम्कु
वडा संख्या : ५
१.१.२ भौगोलिक अवस्था तथा सीमाना
क्षेत्रफल : ५०१.८९ वर्ग कि.मी.
पूव : चिचिला र मकालु गाउंपालिका
पश्चिम : सोलुखम्बु जिल्ला
उतर : मकालु गाउंपालिका
दक्षिण : भोजपुर जिल्ला
१.१.३. जनसंख्या २०७८ को जनगणना अनुसार
जम्मा जनसंख्या | १०२९६ |
पुरुषको अनुपात | ५०.६ |
महिलाको अनुपात | ४९.४ |
sex ratio | १०२.४८ |
जनघनत्व | ३५ |
जम्मा परिवास संख्या | २४९० |
साक्षरता प्रतिशत | ८०.९ |
१.१.४ प्रमुख नदीनाला, हिमाल र बिशेष क्षेत्र
यस गाउंपालिकाको दक्षिण' सीमानामा अरूण नदी पर्दछ भने मुख्य नदीको रुपमा संखुवा खोला रहेको छ| यसका अलवा सिसुवा खोला पनि रहेको छन्, पूर्ण भू-भाग मकालु वरुण राष्ट्रिय निकुन्जको मध्यवर्ती
छेत्रमा पर्ने यस गाउंपालिकाको उतरी सीमानामा चम्लांग, दिग्लिंग, संखुवासीर् र नौलेख जस्ता रमणीय हिमालहरु हरेको छन् |
१.१.५ धर्म, संस्कृति र जातजाति
यस गाउंपालिका क्षेत्रभित्र हिन्दु, बौद्ध, क्रिस्चियन र किरात धर्मका मानिसहरुको बसोवास हरेको छ| यस गाउंपालिकाका क्षेत्रभित्र दशैँ, तिहार,साउने संग्क्रान्ति, संसारी पूजा, ल्होसार, चाक्चाकुर, उधौली र आइतवारे
पूजा लगायतका चाडपर्वहरु मनाउने गरिन्छ| विविध चाडवर्वहरु यस क्षेत्रको परिचायक भए पनि मुख्य रुपमा
कुलुंग, मेवाहांग, थुलुंग, दुमी चामलिंग, दाछिरिंग, खालिंग, राई लगायत शेर्पा, तामांग, विस्वकर्मा र दमाई जातिहरुको वाहुल्यता रहेको छ| यस क्षेत्रमा क्षेत्री र ब्राहमण जातिहरू भने नगन्यरुपमा रहेको छ |