FAQs Complain Problems

समचार

१.१ स्थानीय तहको संक्षिप्त परिचय About Silichong Rural Municipality

नेपालको संबिधान अनुसार  पूर्वांचल विकासक्षेत्र अन्तर्गत कोशी अन्चलको संखुवासभा जिल्लाका सुदुर उत्तरका साविक सिसुवाखोला, बाला, मांग्तेवा,ताम्कु र याफु गा. वि.स. हरुको संयोजन भई प्रदेश नं. १ अन्तर्गतका स्थानीय तहहरु मध्ये एक हो सिलिचोंग गाउँपालिका | भौगोलिक रुपमा विकट भएतापनि सामाजिक, साँस्कृतिक र  रहनसहनले भरिपूर्ण यस गाउंपालिका वातावारनीय दृष्टिकोणले बसोबासको लागि उत्कृष्ट रहेको छ | यस छेत्रमा पर्ने रमणीय सिलिचोंग हिमालको नामबाट यस गाउंपालिकाको नाम सिलिचोंग रहन गएको हो|

 

१.१.१. सिलिचोंग गाउंपालिकाको राजनीतिक विभाजन

    प्रदेश :                                        कोशी

    जिल्ला :                                     संखुवासभा

    गाउंकार्यपालिकाको कार्यलय :         ताम्कु

    वडा संख्या   :                               ५

१.१.२ भौगोलिक अवस्था तथा सीमाना

      क्षेत्रफल :                                     ५०१.८९ वर्ग कि.मी.

      पूव :                                            चिचिला र मकालु गाउंपालिका

      पश्चिम :                                      सोलुखम्बु जिल्ला

      उतर :                                          मकालु गाउंपालिका

      दक्षिण :                                       भोजपुर जिल्ला

१.१.३. जनसंख्या २०७८ को जनगणना अनुसार

जम्मा जनसंख्या १०२९६          
पुरुषको अनुपात ५०.६
महिलाको अनुपात ४९.४
sex ratio १०२.४८
जनघनत्व ३५
जम्मा परिवास संख्या २४९०
साक्षरता प्रतिशत ८०.९

१.१.४ प्रमुख नदीनाला, हिमाल र बिशेष क्षेत्र

                यस गाउँपालिकाको दक्षिण' सीमानामा अरूण नदी पर्दछ भने मुख्य नदीको रुपमा संखुवा खोला रहेको छ| यसका अलवा सिसुवा खोला पनि रहेको छन्, पूर्ण भू-भाग मकालु वरुण राष्ट्रिय निकुन्जको मध्यवर्ती

 छेत्रमा पर्ने यस गाउंपालिकाको उतरी  सीमानामा चम्लांग, दिग्लिंग, संखुवासीर् र नौलेख जस्ता रमणीय हिमालहरु हरेको छन् |

 

१.१.५ धर्म, संस्कृति र जातजाति

        यस गाउँपालिका क्षेत्रभित्र हिन्दु, बौद्ध, क्रिस्चियन र किरात धर्मका मानिसहरुको बसोवास हरेको छ| यस गाउँपालिकाका क्षेत्रभित्र दशैँ, तिहार,साउने संग्क्रान्ति, संसारी पूजा, ल्होसार, चाक्चाकुर, उधौली र आइतवारे

पूजा लगायतका चाडपर्वहरु  मनाउने  गरिन्छ| विविध चाडवर्वहरु यस क्षेत्रको परिचायक भए पनि मुख्य रुपमा

कुलुङ, मेवाहाङ, थुलुङ, दुमी , चाम्लिङ, नाछिरिङ, खालिङ, राई लगायत शेर्पा, तामाङ, विस्वकर्मा र दमाई जातिहरुको वाहुल्यता रहेको छ| यस क्षेत्रमा  क्षेत्री र ब्राहमण जातिहरू भने नगन्य रुपमा रहेको छ |